प्युठान, साउन १८
प्युठानका तीन जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ । उनीहरू एउटै परिवारका रहेका छन् ।
गौमुखी गाउँपालिका–५ का ७१ वर्षीया लक्ष्मीकुमारी मल्ल, ३५ वर्षीय मिनबहादुर मल्ल र १२ वर्षीया शिवकुमारी मल्ल हैजाबाट सङ्क्रमित भएका गौमुखी गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद जैसीले जानकारी दिए । ‘जिल्ला अस्पतालमा परीक्षणका क्रममा तीनै जनामा हैजा पुष्टि भएको हो,’ उनले भने ।
तीनै जनालाई झाडापखाला लागेपछि उनीहरूको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो ।
गौमुखी गाउँपालिकाका आठ जनामा झाडापखाला देखिएको थियो ।
उनीहरूको हाल जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार