नवलपरासी, १५ साउन
लायन्स क्लब अफ नवरपरासी दाउन्ने, लायन्स क्लब अफ नवरपरासी बर्दघाट र लियो क्लब अफ नवरपरासी दाउन्नेको संयुक्तमा रंगरोगन, वृक्षारोपण तथा सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।
सुस्ता गाउँपालिका वडा नं १ छिबेनिमा आज यस लियो क्लब अफ नवरपरासी दाउन्नेले बर्दधाटका विभिन्न स्थानहरुमा वृक्षरोपण गरी वातावरण सरसफ़ाई कार्य सम्पन्न गरेको हो ।
विभिन्न जातका बिरुवाहरु जम्याङो स्टिङ, धुपी, अम्बा ,अमला, आप, कपुर, पारिजात, अर्जुना, बेल, कल्की, जडीबूटी लगायतका बिरुवा हरु मन्दिर परिषद् तथा सार्बजनिक पार्कमा रोपिएको हो ।
वृक्षरोपण गर्दा मानव जिवन, वायु तथा वातावरण सम्पूर्णलाई फाईदा हुने हुदा रोपण भएका वृक्ष हरु संग्रक्षण गर्नु हामीहरु को कर्तव्य रहेको अध्यक्ष पारस न्यौपाने ले बताए ।