चितवन साउन १४
अनेरास्ववियु नारायणी माध्यमिक विद्यालयले आयोजना गरेको प्रथम वैदिक आयुर्वेद नाइन ए साइड (नाइन ए साइड) फुटबल प्रतियोगिताको आज भएको एपेक्स एकेडेमी र अर्किड कलेज बीचको पहिलो नकआउट खेलमा एपेक्स एकेडेमी ४-१ गोलले विजयी भएको छ। साउन १० गते देखि साउन १६ गते सम्म संचालन रहने खेलमा कुल २८ वटा कलेजका टीम रहेका छन्।
एपेक्स एकेडेमीका लागि विश्वास गुरुङ, निशान्त विक , अशोक महतो र सुजल मिजारले १-१ गोल गरेर कुल ४ गोल गर्न सफल भएको कलेजका विज्ञान संयोजक तुलसीराम न्यौपानेले जानकाी दिए।
खेलमा प्रथम हुने टिमले एक लाख र दोस्रो हुने टिमले ५० हजार प्राप्त गर्ने छन्।