Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, फागुन ३०, २०८२
☰
Logo शनिबार, फागुन ३०, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • २. सर्लाहीमा अमरेशका समर्थकद्वारा कांग्रेस नेतामाथि आक्रमण

  • ३. आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • ४. चितवनको कालिकामा अटो दुर्घटनाः चालकसहित ४ जनाको मृत्यु, १ जना घाइते

  • ५. रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ६. मध्यपूर्व युद्धः तनाव र आक्रमण बढ्दै

  • ७. अहिसम्मकै सर्वाधिक मतका साथ सोविता विजयी, ३८ हजार भोटले पछि परिन रेनु

  • ८. यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ९. मात्तिएर, आत्तिएर हैन सुझबुझ तरिकाले जान्छौं : सभापति लामिछाने

  • १०. दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्न देशव्यापी रूपमा श्रमदातालाई तयार रहन हर्क साम्पाङको आह्वान

१० महिना बराबरको खर्च असारमा गर्दै सुदूरपश्चिम प्रदेश सरकार

-मोहन जोशी
धनगढी, १३ जेठ-

असारे विकासको परम्परामा ब्रेक लगाउँदै यस वर्ष समयमै बजेट कार्यान्वयन गर्ने घोषणा गरेको सुदूरपश्चिम प्रदेश सरकार सो प्रतिबद्धता कार्यान्वयन गर्न यस वर्ष पनि चुकेको छ ।

प्रदेश सरकारले असारे विकास पद्धतिलाई निरन्तरता दिने गरी १० महिना बराबरको पुँजीगत बजेट खर्च असारमै गर्ने तयारी गरेको छ । जेठसम्म आइपुग्दा ३० प्रतिशत मात्रै पुँजीगत खर्च गरेको सुदूरपश्चिम प्रदेश सरकारले एक महिनामा झन्डै ४० प्रतिशत खर्च गर्ने तयारी गरेको छ ।

चालू आर्थिक वर्षमा ७० प्रतिशतको हाराहारीमा पुँजीगत खर्च हुने अनुमान गरेको प्रदेश सरकारले वैशाखसम्म जम्मा ३० दशमलव ४ प्रतिशत बजेट मात्रै खर्च गरेको छ । यदि प्रदेश सरकार आफ्नो लक्ष्यमा पुग्ने हो भने अबको एक महिनामा ३९ दशमलव ६ प्रतिशत अर्थात् ६ अर्ब खर्च गर्नुपर्ने छ ।

तर चालू आर्थिक वर्षको ११ महिनाको अवधिमा भने सुदूरपश्चिम प्रदेश सरकारले पाँच अर्ब ५४ करोड ५८ लाख नाै हजार ६ सय ३२ रुपैयाँ (३० दशमलव ४ प्रतिशत) मात्रै खर्च गरेको विवरण प्रदेश कोष नियन्त्रक कार्यालयसँग छ । यसरी हेर्दा सुदूरपश्चिममा चालू आर्थिक वर्षको १० महिनामा गरेको खर्चभन्दा असारमा हुने खर्च बढी हने छ ।

सुदूरपश्चिम प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयका सहसचिव तुलसी भट्टराई भने धेरै भौतिक प्रगति सम्पन्न भए पनि भुक्तानीमा ढिलाइ हुँदा खर्च कम भएको बताउँछन् । काम गरेर पनि ठेकेदारले विल भुक्तानी नगरेका कारण बजेट खर्च कम देखिएको भन्दै उनले असार मसान्तसम्म ७० प्रतिशतकै हाराहारीमा पुँजीगत बजेट खर्च हुने अनुमान गरिएको बताए ।

‘अहिलेसम्म ३४ देखि ३५ प्रतिशतसम्म बजेट खर्च भएको छ,’ उपसचिव भट्टराईले भने, ‘धेरै काम भएर पनि भुक्तानी भएको छैन, काम सम्पन्न गरेर पनि धेरै ठेकेदारहरूले असारमा भुक्तानी लग्ने भएका कारण खर्च बढी भएको देखिने हो ।’

उनले चालू आर्थिक वर्षमा धेरै काम भने जेठ असारमै हुने बताए । अहिले पनि मन्त्रालयहरूले खर्च हुन नसक्ने बजेटको विवरण दिन नमानेको बताउँदै उपसचिव भट्टराईले भने, ‘यसको मतलव मन्त्रालयले अझै पनि योजना कार्यान्वयन गर्ने तयारी गरिरहेका छन्, अहिले योजना कार्यान्वयन गर्दा असार मसान्तमै खर्च बढ्ने पक्का छ ।’

दुई-दुई पटक सबै मन्त्रालयलाई पत्र काटेर खर्च नहुने बजेटको विवरण माग गरिए पनि हालसम्म ५-६ करोडको मात्रै आएको उनले बताए ।

‘मन्त्रालयले खर्च हुन नसक्ने रकमको विवरण नपठाउँदा सुदूरपश्चिमको पुँजीगत खर्च ९५ प्रतिशत माथि हुने देखिन्छ,’ उनले भने, ‘तर मन्त्रालयहरूले अझै आफ्नो योजना कार्यान्वयन गर्दै गरेका कारण खर्च नहुने बजेटको विवरण नपठाएको हुन सक्छ, हाम्रो अनुमानित खर्च ७० प्रतिशतको हाराहारीमा हुने देखिन्छ ।’ स्थानीय तहको निर्वाचनका क्रममा निर्वाचन आयोगले जारी गरेको आचार संहिताका कारण पनि यस वर्ष योजना कार्यान्वयन गर्न केही ढिलाइ भएको उनले बताए ।

सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि पुँजीगततर्फ १८ अर्ब १० करोड, ३० लाख ५५ हजार बजेट विनियोजन गरिएको थियो । सोमध्ये जेठसम्म पाँच अर्ब ५४ करोड ५८ लाख नाै हजार ६ सय ३२ रुपैयाँ मात्रै खर्च भएको प्रदेश लेखा नियन्त्रकको कार्यालय धनगढीले जनाएको छ । जुन ३० दशमलव ४ प्रतिशत मात्रै हो ।

सुदूरपश्चिम प्रदेशको कुल बजेट खर्च पनि निरासाजनक नै छ । प्रदेश लेखा नियन्त्रकको कार्यालयका अनुसार वैशाखसम्म सुदूरपश्चिममा कुल बजेटको ३५ प्रतिशत मात्रै खर्च भएको छ । चालू आर्थिक वर्षको वैशाख महिनासम्म सुदूरपश्चिम प्रदेश सरकारले ३५ दशमलव ४५ प्रतिशतमात्र खर्च गरेको प्रदेश प्रदेश लेखा नियन्त्रणको कार्यालय धनगढीका प्रमुख बासुदेव जोशीले बताए ।

सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्ष ०७८-०७९ का लागि ३० अर्ब ५५ करोड चार लाख ५४ हजार रुपैयाँको कुल बजेट विनियोजन गरेको थियो । सो बजेटमध्ये वैशाख मसान्तसम्म दश अर्ब ९५ करोड ६६ लाख २३ हजार ८१ रुपैयाँ खर्च भएको छ । कुल बजेटमध्ये चालूतर्फ १२ अर्ब ४४ करोड ७३ लाख ९९ हजार रुपैयाँ विनियोजन गरेकोमा वैशाखसम्म पाँच अर्ब ४१ करोड आठ लाख १३ हजार ४ सय ४९ रुपैयाँ खर्च गरेको छ ।

मन्त्रालयगत रूपमा हेर्दा सबैभन्दा बढी खर्च आन्तरिक मामिला तथा कानुन मन्त्रालले गेरेको छ । सो मन्त्रालयले वैशाखसम्म ६७ दशमलव ९८ प्रतिशत बजेट रकम खर्च गरेको लेखा नियन्त्रकको कार्यालयले जनाएको छ । कानुन मन्त्रालयका लागि चालू आर्थिक वर्षमा १४ करोड १५ लाख ५८ हजार ७२३ रुपैयाँ विनियोजन गरिएको सो मन्त्रालयले ४८ करोड नौ लाख ४९ हजार २८१ रुपैयाँ खर्च गरेको छ । मन्त्रालयले ५१ दशमलव ३५ प्रतिशत पुँजीगतत रकम खर्च गरेको छ ।

सुदूरपश्चिम प्रदेशको सबैभन्दा बढी बजेट भएको भौतिक पूर्वाधार मन्त्रालयले भने ३८ प्रतिशत मात्रै खर्च गरेको छ । भौतिक पूर्वाधारमा बढी खर्च हुने भएका कारण भौतिक मन्त्रालयको बजेट खर्च बढी हुनुपर्नेमा हालसम्मको प्रगति भने सो मन्त्रालयको पनि निरासाजनक नै छ । चालू आर्थिक वर्षमा भौतिक पूर्वाधार विकास मन्त्रालयले १२ अर्ब १७ करोड २२ लाख २९ हजार रुपैयाँ बजेट पाएकोमा वैशाख महिनासम्म चार अर्ब ६७ करोड दुई लाख ३१ हजार ६४ रुपैयाँ (३८ दशमलव ४ प्रतिशत) खर्च गरेको थियो ।- न्युज कारखाना

Chitwan Aaja चितवन आज
शुक्रबार, जेठ १३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
श्री शिरडी साईबाबा मन्दिर नारायणपुरले मनायो वार्षिकोत्सव
ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन
मध्यपूर्वी क्षेत्रमा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’

ताजा समाचार

सबै

श्री शिरडी साईबाबा मन्दिर नारायणपुरले मनायो वार्षिकोत्सव

ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन

मध्यपूर्वी क्षेत्रमा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’

‘वायु प्रदूषणले नेपालमा बर्सेनि ४२ हजार मानिसको मृत्यु हुने गरेको छ’

वन मन्त्रालयमा ‘जेड्सी’ कार्यान्वयन

जुम्लाबाट हेलिकोप्टरमा उद्धार गरिएकी सुत्केरीको मृत्यु

पशुपति आर्यघाटमा ओलीका पिता मोहनप्रसाद ओलीको गरियो अन्तेष्टि

चितवनमा रक्तदान गर्दै बिदा भए निर्वाचन प्रहरी, रोजगारी र तालिमको अवसर

निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु

एमाले अध्यक्ष ओलीद्वारा पितालाई श्रद्धाञ्जली अर्पण

अफगानिस्तानको आरोपः पाकिस्तानी हवाई आक्रमणमा ४ सर्वसाधारणको मृत्यु

इनिशाको न्यायको माग गर्दै विद्यार्थीको प्रदर्शन

आजदेखि आधा भरिएको ग्यास सिलिण्डर बिक्री गरिने

आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

नाबालिका बलात्कारको आरोपमा दुई जना पक्राउ

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • २.
    सर्लाहीमा अमरेशका समर्थकद्वारा कांग्रेस नेतामाथि आक्रमण

  • ३.
    आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • ४.
    चितवनको कालिकामा अटो दुर्घटनाः चालकसहित ४ जनाको मृत्यु, १ जना घाइते

  • ५.
    रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ६.
    मध्यपूर्व युद्धः तनाव र आक्रमण बढ्दै

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.