काठमाडाैं, असार २९
नाइजेरियाको उत्तरी सेन्ट्रल राज्यमा एउटा विद्यालयको भवन भत्किँदा १०० जना पुरिएका छन् ।
शुक्रबार बिहान राज्यको राजधानीमा रहेको सेन्ट एकेडेमी स्कुलको भवन भत्किँदा विद्यालयमा उपस्थित सय जना फसेका थिए ।
नाइजेरियाली अखबार ‘पञ्च’ले मृत्यु हुनेको संख्या १७ रहेको बताएको छ भने एएफपीले हालसम्म २१ जनाको मृत्यु भएको जनाएको छ ।
हालसम्म भग्नावशेषमा फसेका ४० बालबालिकालाई उद्धार गरी अस्पताल पठाइएको छ । बीबीसी हिन्दी