चितवन, २७ असार
पूर्वी नवलपरासीको गैँडाकोट स्थित नारायणी नदीमा हाम फालेर एक महिला बेपत्ता भएको आशंका गरिएको छ । गैँडाकोट नगरपालिका वडा नं. २ श्रीराम पार्टी प्यालेस नजिकै नारायणी नदी किनारबाट महिला नदीमा हाम फालेको प्रहरीको अनुमान छ ।
नदी किनारमा लमजुङबाट जारी भएको मनमाया गुरुङ लेखिएको नागरिकता, सोहि नामको भरतपुर २४ शिवनगर ठेगाना उल्लेख भएको मतदाता परिचय पत्र तथा लुङ्गी, सल र चप्पल भेटिएपछि महिला नदीमा हाम फालेको हुन सक्ने आंशका गरिएको नवलपुर प्रहरीले जनाएको छ ।
परिचयपत्रका आधारमा ती महिलाका आफन्तहरुसँग समन्वय भैरहेको र खोजी कार्य सुरु गरिएको छ ।