गैँडाकोट असार २५
नवलपुरको गैँडाकोटमा तीनवटा वेवारिसे शव भेटिएका छन् । गैँडाकोट नगरपालिका वडा नं. १ मजुवा सामूदायिक वन स्थित नारायणी नदी किनारमा दुईजना पुरुष र एक महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
माछा मार्न नदीमा पुगेका माझीले शवहरु देखेपछि आज विहान ९ वजे प्रहरीलाई खबर गरेका थिए । तीनवटा शवहरु मध्ये एक महिला र एक पुरुष ४५ वर्ष उमेर समुह र अर्का एक पुरुष ६० वर्ष उमेर समुहको रहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी गैँडाकोटका प्रहरी निरीक्षक हस्त बहादुर सुनारको कमाण्डमा गएको प्रहरीको टोली मुचुल्का उठाई शवहरु पोष्ट मार्टमका लागि भरतपुर अस्पताल पठाएको छ ।