चितवन, जेठ १०
भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहाल विजयी भएकी छन् । एमाले उम्मेदवार विजय सुवेदीलाई पराजित गर्दै दाहाल भरतपुरको मेयरमा दोस्रो कार्यकालका लागि निर्वाचित भएकी हुन् ।
दाहाल पाँचदलीय गठबंधनबाट उमेद्वार बनेकी थिइन् भने सुवेदी राप्रपाको समर्थनमा उमेद्वार बनेका थिए ।
रेनुले निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का विजय सुवेदीलाई १२ हजार ४४९ मतान्तरका साथ पराजित गरेकी हुन् ।
दाहालले ५२ हजार ३० मत प्राप्त गर्दा सुवेदीले ३९ हजार ५८१ मत प्राप्त गरे ।
यस्तै मेयरका स्वतन्त्र उमेदवार जगन्नाथ पौडेल भुइँकटहर चिन्हले १४ हजार ७२८ मत प्राप्त गरे ।
महानगरमा गणना सकिएपनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले औपचारिक रूपमा रेनुलाई विजयी घोषित गर्न बाँकी छ ।
यस्तै उमपेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका छन् । अधिकारीले निकटतम प्रतिद्वन्द्वी राप्रपाकी हिमला गुरुङलाई पराजित गर्दै उनी विजयी भएका हुन् ।
अधिकारीले गुरुङभन्दा २२ हजार १९१ मत बढी ल्याए ।अधिकारीले ५२ हजार ८०३ मत प्राप्त गर्दा गुरूङले ३० हजार ६१२ मत प्राप्त गरिन् ।
अधिकारी पाँचदलीय गठबंधनबाट उमेद्वार बनेका थिए भने हिमला एमालेको समर्थनमा उमेद्वार बनेकी थिइन् ।