चितवन, जेठ ८ –
भरतपुर महानगरपालिकामा रेनु दाहाललले १२ हजार बढी मतको अग्रता बनाएकी छिन् ।
पाँच दलीय गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले पछिल्लो मतपरिणाम अनुसार ५१११२ मत प्राप्त गरेकी छन् भने उनलाई पछ्याइरहेका नेकपा एमालेका विजय सुवेदीले ३८९७२ मत ल्याएका छन्।
एमालेका सुवेदीलाई माओवादी केन्द्रकी रेनुले १२१४० मतले पछाडि छोडेकी छन् ।
यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७०५ मत पाएका छन्।
उपमेयरमा पनि गठबन्धनका उम्मेदवारले अग्रता कायमै राखेका छन् । नेपाली कांग्रेसका उपमेयर उम्मेदवार चित्रसेन अधिकारीले ५१९०३ मत पाएका छन् । उनलाई एमाले–राप्रपा गठबन्धनका उम्मेदवार हिमला गुरूङले ३०३२६ मतसहित पछ्याइरहेकी छन् ।
अहिले भरतपुर २९ को मतगणना जारी छ । अब करिब १ हजार मत गन्न बाँकी छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार