भरतपुर, जेठ २३
भरतपुर ११ स्थीत नारायणी ई. पब्लिक स्कुलले विश्व वातावरण दिवसको अवसरमा अन्तर विद्यालय चित्रकला प्रतियोगिताका साथै समुदायीक स्तरमा रहेर सरसफाई कार्यक्र्रम सम्पन्न गरेको छ ।
Our Land, Our Future भन्ने नारा लिएर वातावरण संरक्षण सम्बन्धी चित्रकला कार्यक्रम संचालन गरेको विद्यालयका प्राचार्य वेदराज न्यौपानेले जानकारी दिनुभयो ।
विद्यालयका प्लस टु कार्यक्रम संयोजक जनक राज घिमिरे, भरतपुर ११ वडा सदस्य सिता रनपाल लगाएतले मन्तब्य दिनुभएको उत्त कार्यक्रमा प्रथामिक तह प्रमुख दिवाकर पौड्यालले स्वागत मनतब्य ब्यक्त गर्नुभएको थियो ।
भरतपुर ११ का वातावरण तथा सरसफाई समिति संयोजक यमनाथ आचार्यले निर्णयकको भुमीका बहन गर्नुभएको थियो ।
कार्यक्रममा विभिन्न विद्यालयका ५० जना विद्यार्थीहरु मध्ये क्रमश भद्रकुमारी राष्ट्रिय आधारभुत स्कुलका विकाश लहेरा प्रथम, लिटल फलावर स्कुलकी शौली घिमिरे द्धतिय र न्यु होराईजन ई. स्कुलकी अस्ले गुरुङ्गलले तृतिय स्थान हासिल गर्नुुभएको कार्यक्रमका संयोजक नविन बगालेले जानकारी गर्नुभएको थियो ।