चितवन, जेठ २२–
भरतपुर महानगरपालिकाले गेष्टहाउस टि–२० विश्वकप अन्तरगत नेपाल र नेदरल्याण्डबीचको खेल देखाउने भएको छ ।
जिल्ला प्रहरी कार्यालय अगाडिको गेष्टहाउस चौरमा विश्वकप खेल देखाउने व्यवस्था मिलाईएको महानगर प्रमुख रेनु दाहालले जानकारी दिइन् ।
आइसिसी टी–२० विश्वकप क्रिकेटमा १० वर्षपछि पुनरागमन गरेको नेपाल आज नेदरल्याण्डसँग खेल्दै छ । नेपाल र नेदरल्याण्डबीचको खेल नेपाली समयानुसार आज राति ९ः३० हुनेछ ।