काठमाडाैं, जेठ २१
श्रीलंकामा बाढी र पहिरोका कारण कम्तीमा सात जनाको मृत्यु भएको छ ।
कोलम्बो बाहिरको सितावाकामा बाढीले घर बगाउँदा एकै परिवारका तीन जनासिहत कम्तीमा सात जनाको मृत्यु भएको देशको विपद् व्यवस्थापन केन्द्रले जनाएको छ ।
बाढी पहिरोका कारण धेरै क्षेत्रमा विद्युत आपूर्ति प्रभावित भएको छ भने सोमबार विद्यालय बन्द गर्ने घोषणा गरिएको छ ।
नौ जिल्लामा पहिरो जान सक्ने चेतावनी दिइएको छ ।