चितवन, ६ जेठ
पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं–११, विश्वासटोलमा गैँडाको आक्रमणबाट एक बालक घाइते भएका छन् ।
घाइते हुनेमा रत्ननगर–११ बस्ने ११ वर्षीय दिपेश सुनार रहेका छन् । सुनारलाई घरनजिकै बाटोमा हिँडिरहेको अवस्थामा एक्कासि गैँडाले आक्रमण गरेको हो ।
उनको पेट, हात र ढाडमा चोट लगेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइते बालकको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपाचार भइरहेको छ ।