चितवन, २८ वैशाख
आजदेखि भरतपुर महानगरपालिकामा ब्रुमर (धूलो बढार्ने मेसिन) चल्न थालेको छ ।
नगर प्रमुख रेणु दाहालले सडक सफा गर्न ब्रुमर प्रयोग गर्न थालिएको जानकारी दिइन् । प्रमुख दाहालका अनुसार भरतपुरलाई स्वच्छ र हराभरा बनाउने अभियान अन्तर्गत ब्रुमर प्रयोगमा ल्याइएको हो ।
भरतपुरमा निर्माण सम्पन्न भएका सडकहरूमा ब्रुमर प्रयोग गर्ने महानगरले जनाएको छ ।