चितवन, २३ वैशाख
बागमती प्रदेश सरकारले सोमवार (भोलि) बिदा दिने निर्णय गरेको छ ।
नेपाली भाषाको अतिरिक्त तामाङ र नेपाल भाषालाई सरकारी कामकाजको भाषाको रुपमा लागू हुने दिनको अवसरमा प्रदेश सरकारले बिदा दिने निर्णय गरेको हो ।
प्रदेश सरकार मन्त्रीपरिषद्ले यही वैशाख १२ गते गरेको निर्णयअनुसार बिदा दिन लागिएको हो ।