काठमाडौँ, १९ वैशाख
वेस्ट इन्डिज ‘ए’ सँगको टी–२० सिरिजको तेस्रो खेलमा नेपाललाई पहिलो सफलता मिलेको छ ।
चौथो ओभरको पहिलो बलमा वेस्ट इन्डिज ‘ए’का एलिक अथान्जे रन आउट भएका हुन् । उनी १० बलमा १७ रन जोडेर आउट भए ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा मंगलवार जारी खेलमा वेस्ट इन्डिज ‘ए’ले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ ।
वेस्ट इन्डिजविरुद्धको तेस्रो खेलपछि नेपाल क्रिकेट संघ (क्यान) ले आगामी आईसीसी टी–२० विश्वकपका लागि टोली घोषणा गर्नेछ ।