चितवन, जेठ ४ –
भरतपुर महानगरपालिका वडा नम्बर ७ को वडाध्यक्षमा राजेन्द्रमणि काफ्ले विजयी भएका छन् ।
एकीकृत समाजवादीका काफ्लेले गठबन्धनका तर्फबाट उम्मेद्वारी दिएका हुन् ।
काफ्लेले नेकपा एमालेका सनतकुमार लामिछानेलाई करिब १०० को मतान्तरले पछि पारेका हुन् । निर्वाचन आयोग र मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट आधिकारिकरुपमा विजय घोषणा हुन भने बाँकी छ । मतगणना स्थल बाहिर विजय जुलुस निस्कि सकेको ।
पछिल्लो मत परिणाम यस्तो छ ।
रेनुको अग्रता २२६७
भरतपुर महानगरपालिकाको ३२२९३ गणना गर्दा
मेयर
रेनु दहाल (गठबन्धन): ११९६६
विजय सुवेदी (एमाले): ९६९९
जगन्नाथ पौडेल (स्वतन्त्र): ५२३५
उपमेयर
चित्रसेन अधिकारी (गठबन्धन): १४१६६
हिमला गुरुङ(राप्रपा): ७८७०
वडाध्यक्ष ७
कलम १४००
सूर्य १२५७
वडाध्यक्ष ८
रुख ६४८
सूर्य ५४८
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार