चितवन, ५ बैशाख
चितवनमा फुटसल प्रतियोगिता हुने भएको छ । अवसर एकेडेमीले आईटी क्षेत्रमा सक्रिय व्यक्तिलाई लक्षित गर्दै फुटसल प्रतियोगिता आयोजना गर्ने भएको हो ।
आयोजकका अनुसार भरतपुर १० स्थित प्रेसिडेन्सी कलेजमा बैशाख १४ गते प्रतियोगिता हुनेछ ।
प्रतियोगितामा सहभागी हुनको लागि बैशाख १३ गतेसम्म टिम दर्ता गर्नुपर्ने आयोजकले जनाएको छ । टिमका लागि दर्ता शुल्क २५०० रुपैयाँ लाग्नेछ ।
प्रतियोगितामा बिजेता टिमले ४० हजार, पहिलो रनरअपले २० हजार, उत्कष्ठ खेलाडीले तीन हजार, उत्कृष्ठ गोलकिपरले एक हजार र सबैभन्दा बढी गोल गर्ने खेलाडीले तीन हजार पुरस्कार पाउनेछन् ।
भरतपुरलाई आइटी हब बनाउने उदेश्यले सो प्रतियोगिता गर्न लागिएको हो ।
टिम दर्ता गर्नको लागि लिङ्क (https://forms.gle/ir5ibRWPvDpfBQM37) भिजिट गर्न सकिने आयोजकले बताएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार