काठमाडाैं बैशाख ४,
इन्डियन प्रिमियर लिग (आईपीएल)दले क्रिकेटमा सर्वाधिक योगफल बनाएर सनराइजर्स हैदराबा आफ्नै कीर्तिमान सुधारेको छ । मार्च २७ मा मुम्बई इन्डियन्सविरुद्ध २७७ रनको कीर्तिमान बनाएको हैदराबादले गएराति रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध २८७ रनको विशाल स्कोर खडा गरेको हो ।
यसअघि रोयल च्यालेन्जर्स बैंग्लोरले सन् २०१३ मा बनाएको २६२ रनको कीर्तिमान १० वर्षसम्म कायम रहेको थियो ।
हैदराबादले २० ओभरमा ३ विकेट मात्र गुमाएर २८७ रनको योगफल खडा गरेको थियो । हैदराबादका लागि ट्राभिस हेडले शतक प्रहार गरे । उनी ४१ बलमा ९ चौका र ८ छक्कासहित १०२ रन बनाएर आउट भए ।
यस्तै हेनरिक क्लासेनले ३१ बलमा ६७ रन बनाए । अब्दुल समादले १० बलमा ३७ रन बनाए । अभिसेख शर्माले ३४ तथा एइड्न मार्क्रमले ३२ रन जोडे ।
जवाफमा बैंग्लोरले ७ विकेट गुमाउँदै २६२ रनमात्रै बनाउन सक्यो । बैंग्लोरका लागि दिनेश कार्तिकले ३५ बलमा ८३ रन बनाए ।
कप्तान फ्याफ डु प्लेसिसले २८ बलमा ६२ रन बनाए । विराट कोहलीले २० बलमा ४२ बनाए । अनुज रावतले २५ जोड्दा महिपाल लोम्रोरले १९ रन जोडे ।
जितपछि हैदराबाद ६ मध्ये ४ खेल जित्दै चौथो स्थानमा छ । बैंग्लोर भने ७ खेलमा १ जितसहित पुछारमा छ ।