चितवन, चैत २९ –
नयाँ वर्षको अवसरमा पारेर शुभ पेट्रोल्याण्ड लायन्सचोक नारायणगढबाट डिजल, पेट्रोल भर्नेलाई विभिन्न होटलमा छुटको अफर ल्याइएको छ ।
पेट्रोल पम्पकका सञ्चाल सवल पियाले नयाँ वर्ष र नयाँ वर्षको अघिल्लो दिन चितवन र नवलपरासीका ८ होटलमा विशेष छुट दिने व्यवस्था मिलाइएको जानकारी दिए ।
उनका अनुसार चैत २८ र २९ गते पेट्रोल पम्पमा गएर तेल हाल्ने जोसुकै ग्राहकहरुलाई छुट कार्ड प्रदान गरिने छ । उक्त छुट कार्ड लिएर गएपछि ती होटलहरुमा १० देखि १५ प्रतिशतसम्म छुट पाउन सकिने छ ।
छुट पाइने होटलहरुमा भिभान्ता चितवन सिजी ल्याण्डमार्क भरतपुर, नेवा लहना क्षेत्रपुर, कर्मा रेष्ट्रो मालपोत चोक, होटल हेप्पी होम कमलनगर, तनहुँ राइजिङ रेष्टुरेण्ट पुल्चोक–बाइपास–गैंडाकोट, घरबास होमस्टे घण्टाघर चोक सौराह, होटल द नारायणी कालिगण्डकी चोक गैंडाकोट रहेका छन् ।
एउटा व्यावसायीले अर्काे व्यावसायीलाई सहयोग गर्नुपर्छ भनेर आफूले यस्तो व्यवस्था ल्याएको सवल बताउँछन् ।