चितवन, चैत २८
चितवनको माडीबाट भरतपुर आउने निकुञ्जभित्रको बाटो मर्मत सुरु भएको छ ।
‘माडीको रिउ पुलदेखि भरतपुरको कसरासम्म मर्मतको हिजो मंगलबारदेखि सुरु भएको हो । माटो हालेर बाटोलाई सम्याउने काम सुरु गरिएको हो ।
माडी नगरपालिकाको पहलमा सडक डिभिजन भरतपुरले बाटो मर्मतको काम थालेको माडी नगर प्रमुख ताराकुमारी काजी महतो जानकारी दिइन् ।
निकुञ्जको कानुनी प्रावधानका कारण उक्त बाटो पिच हुन सकेको छैन । जसले गर्दा माडी बासीले निकै सास्ती खेप्नु परेको छ ।