चितवन, चैत २७
नेकपा एमाले निकट लोकतान्त्रिक आदिवासी जनजाती महासंघ नेपाल भरतपुर कमिटी गठन भएको छ ।
आज नेकपा एमाले पार्टी कार्यालय चितवनमा सम्पन्न भरतपुर महानगर स्तरीय भेलाले बुद्धलाल घिसिङको नेतृत्तवमा ४५ सदस्यीय कमिटी गठन गरेको हो ।
कमिटीको उपाध्यक्षमा विवेक श्रेष्ठ, सचिवमा शुक्र श्रेष्ठ, कोषाध्यक्षमा उजेली गुरुङ, उपसचिवहरुमा विमल कुमार तामाङसहित ४५ सदस्यीय कमिटी गठन भएको हो ।
नेकपा एमाले बागमती प्रदेश कमिटी उपाध्यक्ष दावा दोर्जे लामाको प्रमुख अतिथ्यतामा भएको कार्यक्रम लोकतान्त्रिक आदिवासी जनजाती महासंघ नेपाल चितवनका अध्यक्ष सिताराम बल तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।