भरतपुर, २६ चैत
भरतपुरमा पार्किङमा राखिएको स्कुटरको डिकीबाट ११ लाख रुपैयाँ चोरी भएको छ ।
भरतपुर महानगरपालिका–३ नारायणगढस्थित नेपाल इन्भेष्टमेन्ट बैँक अगाडि राखिएको ना ४१ प ५३१६ नम्बरको स्कुटरको डिकीबाट सो रकम चोरी भएको हो ।
सीसीटीभी फुटेजमा पैसा चोरी गर्ने व्यक्ति देखिएको प्रहरीले जनाएको छ । चोरीमा संलग्न व्यक्तिको खोजी गरिरहेको चितवन प्रहरी प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए ।
स्कुटरको डिकीभित्र पछाडि भिर्ने कालो झोलामा रहेको एघार लाख रुपैयाँ हराएपछि स्कुटर धनी भरतपुर–१० का महेशबाबु खनालले प्रहरीलाई जानकारी गराएका थिए ।