चितवन, जेठ ३ –
चितवनको राप्ती नगरपालिका वडा नम्बर ८ को वडा अध्यक्षमा एमालेबाट पूर्ण आचार्य सहितको प्यानलै विजयी भएको छ । वडा अध्यक्षमा पूर्ण आचार्यले १ हजार ५ सय ७ मत ल्याएर विजयी भएका छन ।
उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट नेकपा माओवादी केन्द्रका खिलप्रसाद घिमिरेले ८ सय ७२ मत ल्याएका छन् । एमालेबाट महिला वडा सदस्यमा अम्बिका थपलियाले १ हजार ४ सय, दलित महिला सदस्यमा कमला कुमारी विश्वकर्माले १ हजार ४ सय २०, खुल्ला सदस्यमा दिपक अधिकारीले १ हजार ४ सय २५ र सुब्बा तामाङले १ हजार ३ सय ६७ मत ल्याएर विजयी भएका छन् ।
राप्तीमा अहिलेसम्म ६, ४, १२, ५ र ८ गरी पाँच वटा वडाको मतगणना सम्पन्न भएको छ । जसमा ४ वटा वडा एमाले र १ वटा वडा काँग्रेस विजयी भएको छ । राप्तीमा पाच वटा वडाको जम्मा १२,७८० मत गणना गर्दा मेयरमा एमालेबाट गोविन्द प्रसाद कडेलले ४,८१६ र गठबन्धनबाट नेकपा एकिकृत समाजवादीका शमशेर लामाले ५,५२१ मत ल्याएका छन । त्यसैगरी उपमेयरमा एमालेबाट मेनुका पाठकले ५,२३९ र गठबन्धनबाट कांग्रेसका देवेन्दं लामाले ५,२५० मत ल्याएका छन । अहिले वडा नम्बर ९ को मतगणना भईरहदा गठबन्धन अगाडी देखिएको छ ।