चितवन, २५ चैत
भरतपुर महानगरपालिका वडा नं-१६, भंगेरीथानस्थित भित्री सडक खण्डमा बुलेट मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।
घाइते हुनेहरुमा मोटरसाइकलमा सवार भरतपुर-४, यज्ञपुरी बस्ने ३३ वर्षीय ऋषिराम सापकोटा र जाजरकोटको भेरी नगरपालिका वडा नं-११ भई हाल भरतपुर ४ लक्ष्मीपुरमा डेरा गरी बस्ने २१ वर्षीय गीता बिक रहेका छन् ।
प्रहरीका अनुसार बागमती प्रदेश ०६-००२ प ७५७४ नम्बरको बुलेट मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो ।
दुवै घाइतेको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । टरसाइकल अस्थायी प्रहरी पोस्ट शरणपुरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।