चितवन, २३ चैत
पूर्वी चितवनको खैरहनी नगरपालिका–१३ स्थित कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका एक पुरुष बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार खैरहनी–१३ राधास्वामी गुम्बा टोल बस्ने अन्दाजी ५५ वर्षीय भीमराज पौडेल बेपत्ता भएका हुन् ।
बिहीवार दिउँसो २ बजेको समयमा पौडेल घरनजिकैको वनमा घाँसस्याउला काट्न जान्छु भनि घरबाट निस्किएका थिए । त्यसपछि पौडेल घर नफ़र्किएपछि उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।