चितवन, २१ चैत
भरतपुर १५ स्थित सापकोटा चोकमा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा चार जना घाइते भएका छन् ।
घाइते हुनेहरुमा पर्सा भिडियारी गाउँपालिका-२ घर भई भरतपुर-९ बस्ने ४८ वर्षीय खकन हजार पासवन, भारत घर भई हाल सोही ठाउँ बस्ने २७ वर्षीय दिलीपकुमार पटेल, भरतपुर-१४ बस्ने ५० वर्षीय भीमप्रसाद ढकाल र ५३ वर्षीय हरिराम ढकाल रहेका छन् ।
ना ३७ प ६८९५ नम्बरको मोटरसाइकल र बागमती प्रदेश ०६-०२ प ६६७२ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलमा सवार चालसहित चार जना घाइते भएका हुन् ।
घाइते चारै जनाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।
दुवै मोटरसाइकल नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार