चितवन, चैत २० –
चितवनका स्थानीय बस (लोकल बस) हरु नयाँ वर्षदेखि नारायणढ बजारसम्मै आउन पाउने भएका छन् ।
पूर्व चितवन र पश्चिम चितवनबाट आउने लोकल बसलाई नारायणगढ बजारसम्म आउन भरतपुर महानगरपालिकाले गत वर्षदेखि रोक लगाएपछि त्यसको चोतर्फी विरोध भइरहेको थियो ।
भरतपुर महानगरपालिकामा आज यातायात व्यवस्थापन सम्बन्धी सरोकारावालासँग भएको छलफलले नयाँ वर्ष २०८१ वैशाख १ गतेदेखि सवारीलाई पिक एण्ड ड्रपको सिद्धान्तअनुसार राजमार्ग क्षेत्रमा सवारी चलाउन पाइने निर्णय भएको हो ।