चितवन, जेठ ३ –
भरतपुर महानगरपालिका ४ मा नेपाली कांग्रेसका उम्मेदवार अर्पण पोखरेल विजयी भएका छन् ।
वडा नं ४ को कुल खसेको मत ५९०२ गणना हुँदा पाँच दलीय गठबन्धनका अर्पण पोखरेलले २५३० मत प्राप्त गर्दै विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्दी एमालेका भानुभक्त सापकोटाले १६३३ मत प्राप्त गरे ।
हेरौं अरु अपडेट :
भरतपुर महानगरपालिकाको पछिल्लो मत परिणाम :
महानगर भर जम्मा १७०३४ गणना हुँदा :
विजय सुवेदी, नेकपा (एमाले) – ५६८९
रेनु दाहाल, नेकपा (माओवादी केन्द्र) – ५७१८
जगन्नाथ पौडेल, (स्वतन्त्र) – २७८८
उपप्रमुखमा
चित्रसेन अधिकारी, (नेपाली कांग्रेस) – ६९८५
हिमला गुरुङ, (राप्रपा) – ४६४५
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार