चितवन, जेठ ३
चितवनको भरतपुर महानगरपालिकामा मतगणना स्थगित भएको छ ।
मतगणनास्थलमा बसेका उम्मेदवारका प्रतिनिधिबीच मत सदर वा बदरबारे विवाद भएपछि मतगणना स्थगित भएको हो ।
नेकपा माओवादी केन्द्रका प्रतिनिधि र मुख्य निर्वाचन अधिकृत प्रकाश अधिकारीबीच विवाद भएपछि मतगणना स्थगित भएको हो ।
त्यसपछि सुरु भएको गणना पनि राति करिब साढे १२ बजेपछि स्थगित भएको हो ।