भरतपुर, चैत १८
बीसहजार जेसीजको आयोजना तथा अर्बिट कलेजको सहकार्यमा लागूऔषध दुरुपयोग र लतसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
बीसहजार जेसीजका अध्यक्ष लक्ष्मण अधिकारीको सभापतित्वमा उक्त कार्याक्रम सम्पन्न भएको हो ।
अर्बिट कलेज भरतपुर–५, विकास चोकमा आयोजित कार्यक्रमको प्रमुखअतिथि नेपाल जेसीज वर्ष २०२१ का राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनालले युवा लागूपदार्थ दुव्यसनमा फसेर ज्यादै भयाभह अवस्था निम्तिएको बताए ।
उनले युवाहरुलाई जागरण अभियानमार्फत सचेत गराउनुपर्ने आवश्यकता औँल्याउँदै योग्य नागरिक जन्माउनु सबैको दायित्व भएकोले जेसीजले देशभर अभियान निरन्तर चलाइरहेको बताए ।
कार्यक्रममा अर्बिट कलेजका कार्यक्रम संयोजक देवी बन्जराको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख वक्ता फार्मेसी एसोसियसन अफ नेपाल चितवनका अध्यक्ष सुशील सिग्देल रहेका थिए ।
कार्यक्रममा अर्बिट कलेज शिक्षक गोविन्द पण्डित, बीसहजार जेसीजका कार्यकारिणी उपाध्यक्ष विजय न्यौपाने, कानुनी सल्लाहकार ओमकार सापकोटालगायतले बोलेका थिए । कार्यक्रममा ६९ जना विद्यार्थीको सहभागिता रहेको थियो ।