चितवन, १८ चैत
चितवनको इच्छाकामना गाउँपालिका-४, कुरिनटारबजारमा भारतीय कारको ठक्करबाट एकजना पैदल यात्री गम्भीर घाइते भएका छन् । घाइते हुनेमा गोरखा गण्डकी गाउँपालिका वडा नं–१ बस्ने २४ वर्षीय साधुराम चेपाङ रहेका छन् ।
काठमाडौँबाट नारायणगढतर्फ जाँदै गरेको युपी ५३– बी ००५० नम्बरको भारतीय कारले ठक्कर दिएको हो ।
कारको ठक्करबाट चेपाङको टाउकोमा गम्भीर चोट लागेको स्थानीयले बताए । उनको घाइते चेपाङको नयाँ मेडिकल कलेज भरतपुरमा उपाचार भइरहेको छ ।
कार चालक भारतको गोरखपुर गोरखनाथ थाना बस्ने २५ वर्षीय पंकज मद्धेशिया र कार इलाका प्रहरी कार्यालय मुग्लिनले नियन्त्रणमा लिएको छ।