चितवन, १८ चैत
भरतपुर महानगर-२३ स्थित केरुङ्गामा पानीमा डुबेका १३ वर्षीय बालकको सकुशल उद्दार गरिएको छ ।
भरतपुर–२४ बस्ने १३ वर्षीय जोन न्यासुर थिङको सकुशल उद्दार गरिएको हो। बालक पानीमा डुबेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीका अनुसार बोल्न नसक्ने अवस्थाका ति बालकको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।