भरतपुर, चैत १७
जनतासँग एमाले अभियान–२०८० अन्तर्गत राखिएको बाघचाल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा सागर भण्डारी प्रथम भएका छन्।
नेकपा एमाले भरतपुर महानगरपालिका–२१ पार्वतीपुरको भेटवाल चौतारोमा शनिबार भएको बाघचाल प्रतियोगितामा भण्डारी प्रथम, नन्दलाल लामिछाने द्वितीय , बलबहादुर मिजार तृतिय र श्यामकाजी थापाले सान्त्वना पुरस्कार जितेका छन् । पुरस्कृत खेलाडीहरुलाई मौलाकालिका कबेलकारले केबलकार यात्रामा जाने आउने सबै व्यवस्था गरेको छ । तीन घण्टासम्म चलेको प्रतियोगितामा १६ जना खेलाडी सहभागी रहेका थिए ।
जनतासँग एमाले अभियान–२०८० अन्तर्गत राखिएको प्रतियोगिताको उद्घाटन एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने, एमाले चितवनका पूर्वअध्यक्ष कृष्णभक्त पोखरेल र जनसांस्कृतिक महासंघ बागमती प्रदेशका इन्चार्ज अश्विन घिमिरेले नयाँ प्रकारको खेल भएकोले प्रतियोगिताको सफलताको कामना गरेका थिए । प्रकाश रावलको अध्यक्षतामा भएको कार्यक्रमले परम्परागत खेलको संरक्षणमा सहयोग पुग्ने एमाले वडा कमिटीको आशा छ । कार्यक्रमको संयोजन दिलकुमार श्रेष्ठले गरेका थिए भने सञ्चालन सचिव विवेक श्रेष्ठले गरेका थिए ।