भरतपुर, १७ चैत
चितवनमा एक महिला कोठामा सुतिरहेको अवस्थामा मृत भेटिएकी छन् ।
भरतपुर महानगर वडा नं–११ बस्ने दीपक कुमालको श्रीमती ४६ वर्षीया गंगा कुमाल मृत भेटिएकी हुन् ।
गंगा राति अबेरसम्म नउठेपछि छोरीहरुले उठाउन जाँदा मृत्यु भइसकेको प्रहरीलाई परिवारले जानकारी दिएको छ । प्रहरीले प्रारम्भिक कार्य पूरा गरी शव पोस्टमार्टमका लागि भरतपुर अस्पताल पठाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।