चितवन, १६ चैत
भरतपुर महानगरपालिका–१ स्थित जोर कुसुम पार्क नजिकैको नारायणी नदीमा एक पुरुषको शव फेला परेको छ ।
आज बिहान ८ बजेको समयमा अन्दाजी ४५ वर्षको पुरुषको शव फेला परेको हो ।
प्रहरीका अनुसार उक्त शव सडेको र गलेको अवस्थामा फेला परेको हो ।
मृतकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा अनुसन्धान कार्य भईरहेको छ ।