चितवन, १५ चैत
वर्षासँगै आएको हावाहुरीले ठुलो क्षति भएको छ ।
पूर्वी चितवनको खैरहनीका खैरहनी ३, ९ र राप्तीका ८, ९, ३, ४, ६ लगायतका अधिकांश वडामा हावाहुरीले क्षति पुर्याएको हो ।
हावाहुरीले घर, बिजुलीबत्ती र खेतीबालीमा क्षति पुर्याएको खैरहनी नगरपालिका ४ का वडाध्यक्ष वेदबहादुर अधिकारीले जानकारी दिए । उनका अनुसार ३० भन्दा बढी घरको छाना उडेको छ भने मकै र तरकारी खेतीमा ठुलो क्षति पुगेको छ ।
क्षतिको विवरण आउन बाँकी रहेको वडाध्यक्ष अधिकारीले बताए ।