भरतपुर, १४ चैत
भरतपुर-११ स्थित जखडीमाई टोलबाट लागूऔषधसहित गाँजासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा २० वर्षीय विवेक थापामगर र धादिङ घर भई हाल भरतपुर-११ बस्ने २६ वर्षीय सुनिल गुरूङ रहेका छन् । ना ४८ प ९३६३ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा लागुऔषधसहित उनीहरु पक्राउ परेका हुन्।
प्रहरीले उनीहरुको साथबाट ७२८ ग्राम गाँजा बरामद गरेको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ ।