काठमाडाैं चैत १२,
जाकार्ता–इन्डोनेसियाको पश्चिम जाभा प्रान्तस्थित गाउँमा आइतवार पहिरो जाँदा एक जनाको मृत्यु हुनुका साथै बालबालीकासहित नौजना बेपत्ता भएको स्थानीय अधिकारीले सोमवार बताएका छन् ।
पश्चिम बान्दुङ रिजन्सीको सिबेन्डा गाउँमा आइतवार करिब दुई घन्टासम्म भारी वर्षा भएपछि पहिरो जाँदा उक्त दुखद् घटना भएको स्रोतले जनाएको छ ।
पश्चिम बान्दुङका कार्यवाहक रिजेन्ट अर्सन लतिफले पहिरोमा नौ जना गाउँलेहरू पुरिएको आशङ्का गरिएको बताएका छन् । यसैक्रममा उद्धारकर्ताहरूले सोमवार बिहान पहिरो र घरको भग्नावशेषबाट एक मृत महिलालाई निकालिएको उनले बताए ।
उनले दुर्घटनामा दर्जनौँ घरहरू ध्वस्त भएपछि करिब ४०० गाउँलेहरू अस्थायी आश्रयस्थलमा शरण लिन पुगेका छन् ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार