काठमाडाैं चैत १२,
भारतको मध्य प्रदेशस्थित उज्जैनको महाकाल मन्दिरको गर्भ गृहमा आगलागी हुँदा पुजारीसहित १३ जना घाइते भएका छन् । घटना हुँदा मन्दिर परिसरमा होली मनाइँदै थियो ।
आज बिहान होलीका अवसरमा मन्दिरको गर्भगृहमा भस्म आरती गर्न गुलाल फाल्ने क्रममा आगलागी भएको हो । आरतीको क्रममा आगलागी हुँदा मुख्य पुजारी सञ्जय गुरुसहित पुजारी र मन्दिरका कर्मचारीसहित १३ जना घाइते भएको बीबीसी हिन्दीले जनाएको छ । घाइतेलाई उज्जैनको जिल्ला अस्पताल लगिएको समाचारमा उल्लेख छ ।
समाचार अनुसार होलीको अवसरमा भस्म आरतीका क्रममा गुलाल फाल्ने क्रममा आगलागी भएको हो ।