Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बिहिबार, चैत ०५, २०८२
☰
Logo बिहिबार, चैत ०५, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २. मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३. १ लाख ४९ हजार भन्दाबढी निर्वाचन प्रहरीको आज बिदाई गरिँदै

  • ४. पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५. चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ६. ‘डेरीमार्ट’ थप्दै चितवन दुग्ध उत्पादक सहकारी सङ्घ

  • ७. अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ८. ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन

  • ९. नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

  • १०. काठमाडौंको खाली जग्गामा भेटियो पुरुषको शव

धेरै पानी पिउनुले स्वास्थ्य सुधार वा वजन कम गर्न मद्दत गर्छ ? एक दिनमा कति पानी पिउने ?

काठमाडौँ, १० चैत
तपाईँलाई थकाइ लागेका वा छाला सुक्खा भएका बेला पानी पिउन भनिएको होला। तर विज्ञहरू भने पानीको बोतल बोकेर हिँडिरहने बानीका कारण हामीले हाम्रो शरीरलाई चाहिनेभन्दा बढी पानी पिइरहने बनाएको हुन सक्ने ठान्छन् ।

पहिला पहिला धेरै मानिसले एक पटकमा आधा घुट्कोभन्दा बढी पानी पिउँदैनथे। कसरी समय परिवर्तन भयो। यूकेमा पछिल्ला वर्षहरूमाभन्दा अहिले मानिसहरू बढी पानी पिउँछन्। अमेरिकामा सोडाभन्दा पानीका बोतलहरू बढी बिक्री भएको छ। स्वस्थ शरीर, धेरै ऊर्जा, राम्रो छालाका लागि र वजन कम गर्न अनि क्यान्सरबाट जोगिन दैनिक लिटरका लिटर पानी पिउने गरेको भन्ने हामी धेरै सुन्छौँ ।

एउटा अनौपचारिक सल्लाह अनुसार दैनिक २४०मिलिलिटर पानी अट्ने गिलासको आठ गिलास खान सुझाइन्छ। जम्मा गर्दा त्यो पानी दुई लिटर हुन्छ। यद्यपि यस्तो वैज्ञानिकहरूले सुझाएका भने होइनन्। न यूके वा युरोपेली सङ्घका अधिकारीहरूले नै सुझाएका हुन् ।

पानी कति पिउने?
दैनिक कति पानी पिउनुपर्छ भन्नेबारे किन यति धेरै अस्पष्ट सूचनाहरू छन्? दशकौँ अगाडिका दुई वटा निर्देशिकाको गलत व्याख्याका कारण यस्तो भएको हुन सक्छ। सन् १९४५ मा अमेरिकी फूड एन्ड न्युट्रिशन बोर्ड अब न्याशनल रिसर्च काउन्सिलले मानिसहरूलाई कति क्यालोरी खाना भनिएको छ त्यो अनुसार एक मिलिलिटर पानी पिउनुपर्ने भनिएको थियो ।

त्यस अनुसार महिलाले दैनिक दुई हजार क्यालोरी खान्छन् भने उनीहरूले दुई लिटर पानी पिउनुपर्ने र पुरुषले २५०० क्यालोरी बराबर खानेकुरा खान्छन् भने उनीहरूले साढे दुई लिटर पिउनुपर्ने सुझाइएको थियो। तर त्यति मात्रा पानीमा केवल पानी मात्रै नभएर हामीले फलफूल र तरकारीबाट पाइने पानी पर्छ ।

निर्देशिका अनुसार दैनिक पिउने पानीमा हामीले फलफूल र तरकारीबाट पाइने पानी पनि समेटिन्छ ।

हालैका अनुसन्धानहरूले सुझाए अनुसार दैनिक आठ गिलास अर्थात् दुई लिटर पानी पिउनु भनेको हाम्रो शरीरलाई चाहिनेभन्दा धेरै हो।त्यसको सट्टा हामीले दैनिक डेढ लिटरदेखि १.८ लिटर पानी पिउनु ठिक हुन्छ ।

तापक्रम र हाम्रो दैनिक गतिविधि अनुसार आफूले कति पानी पिउने भनेर त्यसलाई व्यक्ति अनुसार बनाउनुपर्छ ।

विज्ञहरूका अनुसार गर्मी र धेरै तापक्रम भएको ठाउँमा बस्ने, उँचो स्थानमा बस्ने, खेलाडी, गर्भवती, स्तनपान गराउने आमाले अन्यले भन्दा धेरै पानी पिउनुपर्छ।

शरीरलाई पानी चाहिनुको विज्ञान
पानी पक्कै पनि महत्त्वपूर्ण छ। हाम्रो शरीरको दुई तिहाइ तौल पानी नै हो। यसले नै हाम्रो शरीरमा पोषक तत्व र फ्याँक्नुपर्ने वस्तु एक ठाउँबाट अर्को ठाउँमा ओसार पोसार गर्छ। हाम्रो शरीरको तापक्रम स्थीर राख्छ।

हाम्रा शरीरका जोर्नीहरूलाई लचकदार बनाउन आवश्यक चिप्लो पदार्थको जस्तो काम पनि गर्छ, कुनै चोट लाग्दा त्यसलाई शोस्ने काम पनि गर्छ। र हाम्रो शरीरभित्र हुने विभिन्न रासायनिक प्रतिक्रियामा भूमिका खेल्छ। हामीले श्वासप्रश्वास, पसिना र पिसाबबाट निरन्तर रूपमा शरीरबाट पानी खर्चिरहेका हुन्छौँ। त्यही अनुसार पानीको सन्तुलन मिलाइरहनु पर्छ ता कि शरीरमा पानीको कमी नहोस्।

जब शरीरको पानी १देखि २ प्रतिशत गुम्छ तब हामी शरीरमा पानीको कमी भएको थाहा पाउन सक्छौँ। र हामीले त्यो पूर्ति नगर्दासम्म पानीको कमी खट्किरहेको हुन्छ। दैनिक ८ गिलास पानी पिउने भन्ने वर्षौँ देखिको आधारविहीन दाबीका कारण तीर्खा लाग्ने बित्तिकै हामीमा खतरनाक अवस्थामा पानीको कमी भएको हो कि भन्ने हामी ठान्छौँ। तर विज्ञहरू भने हाम्रो शरीरले दिने सङ्केतभन्दा बढी पानी पिउनु नपर्ने बताउँछन्।

स्वस्थ शरीरमा पानी कम हुन लागेको दिमागले पत्ता लगाउँछ र तीर्खा लाग्छ। यसले एउटा हर्मोन पनि बनाउँछ जसले मिर्गौलालाई पनि जनाउ दिन्छ। “यदि तपाईँले शरीरमा के भइरहेको छ भनेर मनन गर्नुभयो यसले तीर्खा लागेको बारे जनाउ दिन्छ,” ब्लेनहिम एन्ड लन्डन ट्राइयाथलनका मेडिकल डिरेक्टर कर्टनी किप्सले भने ।

क्यालोरी नहुने भएकोले पानी सबैभन्दा उपयुक्त विकल्प हो तर चिया, कफी र केही रक्सीजन्य पदार्थले पनि शरीरलाई पानी दिन्छन्। यद्यपि पानी बाहेकका यी पेय पदार्थले शरीरलाई केही मन्द असर गर्ने गर्छन्।

धेरै पानी पिउनुले स्वास्थ्य सुधार वा वजन कम गर्न मद्दत गर्छ ?
हामी शरीरले मागेभन्दा बढी पानी पिउँदा त्यसको फाइदा पानी कम हुन नदिनुबाहेक अरू के हुन्छ भन्ने असाध्यै कम प्रमाणहरू छन्। अनुसन्धानहरूले शरीरमा पानीको कमी हुने अर्थात् डिहाइड्रेसनको सुरुवाती चरण हुन नदिँदा त्यसका केही महत्त्वपूर्ण फाइदाहरू रहेको देखाएका छन्। उदाहरणका लागि केही अध्ययनहरूले डिहाइड्रेसन हुन नदिँदा त्यसले दिमागलाई राम्ररी काम गर्न सहयोग गर्ने देखाएका छन् ।

सन् २०२३ को एक अध्ययनले पानी पिइरहने गर्दा त्यसले बुढो देखिने प्रक्रियालाई सुस्त गरिदिन्छ र मुटु तथा फोक्सोको रोग हुन नदिन पनि मद्दत गर्छ भनेको छ। पानीको खपत गरिरहँदा त्यसले वजन व्यवस्थापनका लागि पनि मद्दत गर्ने कतिपय अनुसन्धानकर्ताले बताएका छन्।भर्जिनिया पोलिटेक्निक इन्स्टिट्यूट एन्ड स्टेट युनिभर्सिटीका मानव पोषण, खाना र अभ्यासका प्राध्यापक ब्रेन्डा डेभीले पानीको खपत र वजनबारे केही अध्ययनहरू गरेकी छन् ।

एउटा अध्ययनमा उनले दुई वटा समूह बनाएर दुवैलाई स्वस्थ खानेकुरा मात्रै खाना खान भनिन्। तर एउटा समूहलाई खाना खानुअघि ५ सय मिलिलिटर पानी पिउन भनिन्। जुन समूहले खानाअघि पानी पियो त्यो समूहले अर्कोले भन्दा धेरै वजन घटायो ।

ती दुवै समूहलाई दैनिक १०,००० पाइला हिँड्न पनि भनिएको थियो। जुन समूहले खाना अघि पानी पियो उनीहरूले त्यसलाई राम्ररी अनुसरण गर्न पनि सके। डेभी अनुमान लगाउँछिन् यो किन भएको हो भने मन्द डिहाइड्रेसन अर्थात् १-२ प्रतिशत पानीको कमी हुनु सामान्य हो र धेरै मानिसले यसबारे महसुस पनि गर्दैनन्। तर यो मन्द खालको डिहाइड्रेसनले पनि हाम्रो मुड र ऊर्जालाई असर गर्छ ।

तर युनिभर्सिटी कलेज लन्डनस्थित सघन उपचारबारेकी प्राध्यापक बारबरा रोल्स पानी पिउँदा वजन घट्ने कुरा चाहिँ खास गरी चिनी भएको अन्य कुनै पेय पदार्थको सट्टा पानी पिउने कारणले हुने बताइन् ।

“खाना खानुअघि पानी पिउँदा त्यसले वजन घट्छ भन्ने कुरा स्थापित नभएको र खाली पेटमा पानी पिउँदा त्यो छिट्टै रित्तिन्छ। तर यदि सुप जस्तो खानेकुरा खाँदा शरीरमा पुग्ने पानीको मात्राले चाहिँ पेटमा धेरै बेर बस्छ,” उनले भनिन् ।

पानी पिउँदाको अर्को फाइदा भनेको त्यसले छालामा चमक ल्याउँछ र सुक्खा हुन दिँदैन भन्ने हो। तर यसको विश्वसनीय वैज्ञानिक आधारबारे पर्याप्त प्रमाण छैन।

डिहाइड्रेसन भनेको कस्तो हुन्छ ?
डिहाइड्रेसन भन्नाले जति तरल पदार्थ शरीरले लिएको छ त्यो भन्दा धेरै गुमाउनु हो। एनएचएसका अनुसार डिहाइड्रेसनको लक्षणमा गाढा पहेँलो पिसाब, थकान महसुस, चक्कर लाग्नु, मुख, ओठ र आँखा सुक्खा हुनु, दिनमा चार पटक भन्दा कम पिसाब लाग्नु जस्ता कुराहरू पर्छन्। तर सबैभन्दा सामान्य लक्षण भनेको चाहिँ तीर्खा लाग्नु हो ।

तपाईँले धेरै पानी पिउन सक्नुहुन्छ ?
दैनिक ८ गिलास पानी खाने उद्देश्य राखेका हामीलाई त्यसले केही हानी गरिरहेको छैन। तर हाम्रो शरीरले खोजेभन्दा धेरै पानी पिउनुपर्छ भन्ने कुरा कहिलेकाहीँ खतरनाक हुनसक्छ। धेरै तरल पदार्थ खपत गर्दा त्यो गम्भीर बनिदिन सक्छ जब त्यसले रगतमा भएको सोडियमलाई पातलो गराइदिन्छ। त्यसले रगतमा भएको सोडियमको मात्रा सन्तुलन गर्न खोज्दा दिमाग र फोक्सो सुनिने गर्छ ।

पानीको असर
गएको दशकभरिमा कम्तीमा १५ खेलाडीहरूको खेलका क्रममा पानीको धेरै खपतका कारण ज्यान गएको किप्सलाई थाहा छ। पानीको तीर्खाबारे हामीले नबुझ्दा त्यसो भएको उनी शङ्का गर्छिन्। डिहाइड्रेशन नहोस् भन्नका लागि हामी हाम्रो शरीरले मागेभन्दा धेरै पानी पिउने उनी ठान्छिन् ।

“अस्पतालमा नर्स र डाक्टरहरूले थुप्रै दिनदेखि पानी पिउन नसकेका गम्भीर अवस्थाका बिरामीहरूमा पानीको मात्रा चरम रूपमा कम भएको देख्छन्, तर यी भन्दा खेलका क्रममा मानिसमा देखिने पानीको कमी भनेको एकदमै फरक हो,” उनले भनिन् ।

हामीलाई शरीरमा पानी कति आवश्यक पर्छ ?
निरन्तर रूपमा हामीले पानी पिउनुपर्छ भन्ने कारणले धेरै मानिसहरू पानी आफूसँग जहाँ जाँदा पनि बोक्छन् र आफ्नो शरीरलाई चाहिनेभन्दा बढी पिउँछन्। “मानिस सबैभन्दा धेरै तापक्रममा हुने भनेको मरुभूमिको बीचमा हुँदा हो र त्यहाँ उसको एक घण्टामा दुई लिटर पसिना बग्न सक्छ तर त्यो एकदमै कठिन हुन्छ,” लन्डनस्थित इन्स्टिट्यूट अफ स्पोर्ट्स, एक्सरसाइज एन्ड हेल्थका अनुसन्धान निर्देशक ह्यू मोन्टगोमेरी भन्छन् ।

यूकेको एनएचएसले कम चिल्लो पदार्थ भएको दूध, चिया, कफीजस्ता चिनीरहित पेयसहित दैनिक ६ देखि ८ गिलास पानी पिउन सुझाउँछ ।

यो पनि बुझ्न आवश्यक छ कि हामीलाई तीर्खा लाग्ने प्रक्रियाको संवेदनशीलता ६० वर्षपछि गुम्छ। सन् २०२२ मा अनुसन्धानकर्ताहरूले डिहाइड्रेशनको लक्षण धेरैजसो बेवास्ता गरिने गरिएको पत्ता लगाएका थिए। “उमेर भएसँगै प्यासबारेको हाम्रो प्राकृतिक प्रक्रिया कम संवेदनशील बन्छ र हामीलाई युवालाई भन्दा ‘डिहाइड्रेशन’ धेरै हुन्छ। उमेर बढेसँगै हामी शरीरमा पानी कम नहोस् भनेर पानी वा पानी पाइने तरल पदार्थ खानेबारे धेरै ध्यान दिनुपर्छ,” डेभीले भने ।

शरीरलाई कति पानी आवश्यक हुन्छ भन्ने कुरा व्यक्तिको उमेर, आकार, लिङ्ग, वातावरण र शारीरिक क्षमतामा भर पर्नेमा विज्ञहरू सहमत छन्। सन् २०२२ मा युनिभर्सिटी अफ एबरडीनका अनुसन्धानकर्ताहरूले मानिसको शरीरलाई चाहिने अनुमानित पानीको मात्रा दैनिक दुई लिटरभन्दा डेढ लिटरदेखि १.८ लिटर भएको अनुमान गरेका थिए। ती अनुसन्धानकर्ताहरूले मानिसलाई दैनिक कति पानी आवश्यक पर्छ भन्नेबारे २३ देशका वैज्ञानिकहरूसँग सहकार्य गरेका थिए ।

उनीहरूले गर्मी र धेरै तापक्रममा बस्ने लगायत उँचो स्थानमा बस्ने, खेलाडी, गर्भवती महिला र स्तनपान गराउने मानिसलाई अन्य मानिसलाई भन्दा धेरै पानी आवश्यक पर्छ। कति पानी आवश्यक पर्छ भन्ने जान्न उसले कति ऊर्जा खर्चिन्छ भन्नेमा भर पर्छ। एउटै नियम सबैलाई लागु हुँदैन।

धेरैजसो विज्ञहरू दैनिक कति पानी चाहिन्छ भन्नेबारे धेरै चिन्ता लिनु नपर्ने र शरीरले नै तीर्खामार्फत् थाहा दिने कुरामा सहमत छन्। प्राय: भोक लागेपछि वा थकानका बेला मानिसलाई तीर्खा लाग्छ। आवश्यकताभन्दा बढी पानी पिउनुको एउटा मात्रै फाइदा भनेको शौचालय गइरहनु पर्दा खर्च हुने थप क्यालोरी हो। (बीबीसी नेपालीबाट)

 

Chitwan Aaja चितवन आज
शनिबार, चैत १०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने
इतिहास रच्दै बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष
इरान–इजरायल द्वन्द्व तीव्र, इरानद्वारा जवाफस्वरूप मिसाइल प्रहार

ताजा समाचार

सबै

गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

इतिहास रच्दै बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

इरान–इजरायल द्वन्द्व तीव्र, इरानद्वारा जवाफस्वरूप मिसाइल प्रहार

राप्रपाका महामन्त्रीलेनै गरे पार्टीको नाम, चुनाव चिन्ह र नेतृत्व पुनरावलोकन प्रस्ताव

कुनै गुट बनाउनु पर्दैन, घण्टी मुनी सबै अटाउन सक्छौँः रवि लामिछाने

करिब १० कठ्ठा अवैध अफिम खेती प्रहरीद्वारा फडानी

प्रत्येक दिन जनताले दिएको भोटको जिम्मेवारी लिनुपर्छ : रवि लामिछाने

पश्चिम एशिया युद्धका कारण मलको मूल्य ३० प्रतिशतसम्म बढ्यो, आपूर्ति संकट गहिरिने चेतावनी

नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

आज चैत्र कृष्ण औँसी घोडेजात्रा पर्व मनाइँदै

‘बालेन लहर’लाई कांग्रेस आईसँग तुलना गर्दै शंकर पोखरेलले लेखे– लहर स्थायीत्व हुँदैन

सुनको मूल्य प्रतितोला २ हजार २ सय रुपैयाँले घट्यो , कतिमा हुदैँछ कारोबार ?

कञ्चनपुरमा जग्गा विवादमा आमाको हत्या

भारतको इन्दौरमा कार चार्जिङ गर्दा विस्फोट, ७ जनाको मृत्यु

प्रधानमन्त्री कार्कीले पशुपतिनाथमा गरिन् रुद्राभिषेक पूजा

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २.
    मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३.
    १ लाख ४९ हजार भन्दाबढी निर्वाचन प्रहरीको आज बिदाई गरिँदै

  • ४.
    पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५.
    चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ६.
    ‘डेरीमार्ट’ थप्दै चितवन दुग्ध उत्पादक सहकारी सङ्घ

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.