Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बिहिबार, चैत ०५, २०८२
☰
Logo बिहिबार, चैत ०५, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २. मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३. १ लाख ४९ हजार भन्दाबढी निर्वाचन प्रहरीको आज बिदाई गरिँदै

  • ४. पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५. चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ६. ‘डेरीमार्ट’ थप्दै चितवन दुग्ध उत्पादक सहकारी सङ्घ

  • ७. अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ८. ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन

  • ९. इतिहास रच्दै बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • १०. नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

भरतपुर अस्पतालमा सुधार : बिरामीको गुनासोलाई मध्यनजर गर्दै थप सेवासुविधा बढाउँदै अस्पताल

चितवन, ९ चैत
भरतपुर अस्पताल सुधारोन्मुख देखिएको छ । बिरामीलाई समयसापेक्ष गुणस्तरीय सेवासुविधा उपलब्ध गराउन थालेसँगै अस्पतालमा पछिल्लो केही समययता देखिने गरीका सुविधा थप भएको छ । अस्पतालबाट प्रदान भइरहेका सेवासुविधालाई स्तरोन्नतिसँगै केही नयाँ सेवासमेत थप गर्दै अगाडि बढिरहेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा श्रीराम तिवारीले बताउनुभयो ।

गत कात्तिक २२ मा डा तिवारी मेसु भएर आएपछि भरतपुर अस्पतालले बिरामीको सुविधाका लागि अस्पतालमा सेवाको स्तरोन्नति गर्दै लगेको हो । बिरामीको चापलाई मध्यनजर गरेर अस्पतालको ओपिडी, सर्जरी, अन्तरङ्ग, प्रयोगशाला, आकस्मिकसहितका विभागमा सुधार ल्याएको डा तिवारीको भनाइ छ ।

“भरतपुर अस्पताल सुधारका लागि विधिविधान र प्रक्रियाको थालनी नै मेरो मुख्य लक्ष्य हो”, मेसु डा तिवारीले भन्नुभयो, “पहुँचका आधारमा नभई पद्धतिका आधारमा अस्पतालमा पसेर सेवा लिनसक्ने अवस्थाको सिर्जना गराउँदैछु ।”

बिरामीलाई सहज र चाँडै सेवा प्रदान गर्ने उद्देश्यसहित बिरामीको गुनासोलाई ख्याल गरेर सेवालाई प्रभावकारी बनाउँदै लागेको उहाँले बताउनुभयो । भरतपुर अस्पतालको सेवा सुधारका लागि अन्तरङ्गतर्फ विभिन्न शय्या, पूर्वाधार, उपकरणसहितका सेवासुविधा थप गरिएको डा तिवारीले बताउनुभयो ।

“अस्पताल आउने ज्येष्ठ नागरिकलाई सहज उपचारका लागि सात श्यया थप गरिएको छ”, उहाँले भन्नुभयोे, “ज्येष्ठ नागरिकको श्ययामा अन्य बिरामीलाई राखेर उपचार गर्दैनौँ, लक्षित वर्गको श्ययामा उहाँहरुले नै सेवा पाउनुहुनेछ ।” त्यसैगरी सघन उपचार कक्षमा चार श्यया थप गरी ३८ पु¥याइएको भन्दै डा तिवारीले पाँच श्ययाको एचडियु, तीन श्ययाको थालेसेमिया युनिट र बर्थिङ युनिटमा पाँच श्यया थपिएको बताउनुभयो । “बर्थिङ युनिटमा थप गरिएको श्ययामा गर्भवतीलाई राखेर प्राकृतिकरुपमा प्रसव गराउन सुरु गरेका छौँ”, उहाँले भन्नुभयो, “यस युनिटमा गर्भवतीको साथमा उहाँको पतिका साथै आफन्त राख्न पाइन्छ ।”

गत मङ्सिर २५ गते उद्घाटन गरिएको बर्थिङ युनिटबाट हालसम्म ९५ जनालाई प्राकृतिकरुपमा प्रसूति गराइएको अस्पतालका प्रवक्ता एवं वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा रामप्रसाद सापकोटाले बताउनुभयो । सापकोटाका अनुसार अस्पतालले थप गरेको पाँच श्ययाको बर्थिङ युनिटका कारण प्राकृतिकरुपमा बच्चा जन्माउने दरमासमेत वृद्धि भएको छ । पछिल्लो साढे चार महिनाको अवधिमा अस्पतालको सेवासुविधामा धेरै वृद्धि गरिएको भन्दै डा सापकोटाले सकेसम्म बिरामीलाई लाइनमुक्त सेवा दिने तरिकाले काम भइरहेको बताउनुभयो ।

अस्पतालले इन्डोर डिस्चार्ज काउन्टर सञ्चालन गरेर २४सै घण्टा वार्डबाट डिस्चार्ज गर्ने व्यवस्था गरेको, आकस्मिक कक्ष तथा भर्ना गरेर राखिएका बिरामीको रगत परीक्षणका लागि त्यहीँ रगत निकाल्ने र रिपोर्ट प्रदान गर्न सुरु गरिएको उल्लेख गर्दै प्रवक्ता डा सापकोटाले अस्पतालको सेवालाई बालमैत्री र अपाङ्गमैत्री बनाउँदै लगिएको बताउनुभयो ।

बीमाका बिरामी र अन्य बिरामीलाई प्रदान गरिने सेवा शुल्कमा एकरुपता प्रदान गरिएको, बिलिङ काउन्टर र ओपिडी टिकट काउन्टरसँगै राखिएको भन्दै बिरामीलाई सहज भएको उहाँको भनाइ छ । अस्पतालमा प्रतिदिन एक हजार पाँच सयभन्दा बढी बिरामीले ओपिडी टिकट काटेर स्वास्थ्य परीक्षण गर्ने गरेको डा सापकोटाले बताउनुभयो ।

अस्पतालमा एमआरआइ मेसिन र क्याथल्याब ल्याउन टेन्डर आह्वान भइसकेको भन्दै तिवारीले एमआरआइ मेसिन एक महिनाभित्र जडान हुने जानकारी दिनुभयो । “अस्पतालमा क्याथल्याब मेसिन आएपछि मुटुका बिरामीको सल्यक्रियासहित एनजिओग्राम (मुटुमा रगत लैजाने नसामा भएको समस्या पत्ता लगाउने), एनजिओप्लाष्टि (मुटुमा रगत लैजाने नसामा देखिएको समस्या तत्काल समाधान), मेसमेकर इनसर्सन–मुटुको धड्कन मिलाउने), पेरिकार्डियो सेन्टेसिस (मुटुको बाहिरी भागमा पानी जमेमा निकाल्ने विधि), दायाँ मुटु र बायाँ मुटु क्याथेटाराइजेन्जन लगायतका सेवा प्रदान गर्न सक्छौँ”, उहाँले भन्नुभयो, “अहिलेसम्म भरतपुर अस्पतालबाट मुटुको शल्यक्रिया भएको छैन, अब क्याथल्याब आएपछि मुटुसम्बन्धी समस्याको उपचारसमेत हामीले गर्न सक्छौँ ।”

भरतपुर सङ्घीय अस्पताल भएकाले निःसन्तानपन भएका दम्पतीका लागि इनफर्टिलिटी क्लिनिक सञ्चालनको तयारी भइरहेको प्रवक्ता डा सापकोटाले बताउनुभयो । त्यस्तै अस्पताललाई सरकारी मेडिकल कलेजका रुपमा विकास गर्ने मन्त्रिपरिषद्को निर्णयका आधारमा चिकित्साशास्त्र अध्ययन संस्थान (न्याम्स), चिकित्सा शिक्षा आयोग र स्वास्थ्य मन्त्रालयसँग समन्वय गरी मेडिकल कलेजका रुपमा विकास गर्ने काम भइरहेको सापकोटाको भनाइ छ । अस्पतालले हाल विभिन्न चार वटा नर्सिङ कार्यक्रम सञ्चालन गरिहेको छ । उहाँले स्नातकतर्फका थप कार्यक्रमसमेत ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो ।

अस्पतालभित्र उत्पन्न हुने अस्पतालजन्य फोहर वर्गीकरणपछि निसङ्क्रमण गरी व्यवस्थापन सुरु गरिएको छ । यसबाट अस्पताललाई थप आम्दानीसमेत भइरहेको छ । अस्पतालमा अहिले हुने ओपिडी (अन्तरङ्ग) सेवातर्फको भीड नियन्त्रणका लागि आगामी असारबाटै सञ्चालनमा आउने गरी ११ कोठे नयाँ भवन निर्माणका लागि टेन्डर भएको उहाँको भनाइ छ ।

अस्पतालमा रहेका पुराना र जीर्ण भवन भत्काएर अस्पतालको सौन्दर्यलाई बढाउने गरी काम भइरहेको छ । प्रवक्ता डा सापकोटाले अस्पतालमा हरियाली पार्क बनाउने कामसमेत भइरहेको जानकारी दिनुभयो । अस्पतालमा अहिले दैनिक औसतमा ३० वटा शल्यक्रिया भइरहेको छ । बिरामीको सहजताका लागि सामान्य शल्यक्रिया, मध्यम शल्यक्रिया र जटिल शल्यक्रिया गरेर वर्गीकरण गरी काम गर्न सुरु गरिएको उहाँको भनाइ छ । -राष्ट्रिय समाचार समिति (रासस)

Chitwan Aaja चितवन आज
शुक्रबार, चैत ०९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने
इतिहास रच्दै बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष
इरान–इजरायल द्वन्द्व तीव्र, इरानद्वारा जवाफस्वरूप मिसाइल प्रहार

ताजा समाचार

सबै

गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

इतिहास रच्दै बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

इरान–इजरायल द्वन्द्व तीव्र, इरानद्वारा जवाफस्वरूप मिसाइल प्रहार

राप्रपाका महामन्त्रीलेनै गरे पार्टीको नाम, चुनाव चिन्ह र नेतृत्व पुनरावलोकन प्रस्ताव

कुनै गुट बनाउनु पर्दैन, घण्टी मुनी सबै अटाउन सक्छौँः रवि लामिछाने

करिब १० कठ्ठा अवैध अफिम खेती प्रहरीद्वारा फडानी

प्रत्येक दिन जनताले दिएको भोटको जिम्मेवारी लिनुपर्छ : रवि लामिछाने

पश्चिम एशिया युद्धका कारण मलको मूल्य ३० प्रतिशतसम्म बढ्यो, आपूर्ति संकट गहिरिने चेतावनी

नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

आज चैत्र कृष्ण औँसी घोडेजात्रा पर्व मनाइँदै

‘बालेन लहर’लाई कांग्रेस आईसँग तुलना गर्दै शंकर पोखरेलले लेखे– लहर स्थायीत्व हुँदैन

सुनको मूल्य प्रतितोला २ हजार २ सय रुपैयाँले घट्यो , कतिमा हुदैँछ कारोबार ?

कञ्चनपुरमा जग्गा विवादमा आमाको हत्या

भारतको इन्दौरमा कार चार्जिङ गर्दा विस्फोट, ७ जनाको मृत्यु

प्रधानमन्त्री कार्कीले पशुपतिनाथमा गरिन् रुद्राभिषेक पूजा

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २.
    मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३.
    १ लाख ४९ हजार भन्दाबढी निर्वाचन प्रहरीको आज बिदाई गरिँदै

  • ४.
    पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५.
    चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ६.
    ‘डेरीमार्ट’ थप्दै चितवन दुग्ध उत्पादक सहकारी सङ्घ

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.