भरतपुर, चैत ८
कालिका जेसीजको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी जुटपानी उपशाखाको सहकार्यमा बिहीबार कालिका १ को सभाहलमा असल अभिभावकत्व तालिम सम्पन्न भएको छ ।
नेपाल जेसीज वर्ष २०२१ का राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनाल प्रमुखअतिथि रहेको कार्यक्रममा ब्रह्माकुमारी राजयोग उपसेवा केन्द्र कालिकाकी प्रमुख सञ्चालिका ब्रहाकुमारी प्रतिमा घिमिरे प्रमुख प्रशिक्षक रहेकी थिइन् ।
कार्यक्रममा कालिका जेसीज मानार्थ सदस्य लीलाबहादुर गुरूङ, नेपाल रेडक्रस सोसाइटी जुटपानी उपशाखाका अध्यक्ष राजन रेग्मी, कालिका जेसीज पूर्वअध्यक्ष सन्देश रेग्मी, कालिका जेसीज तालिम आयुक्त गुरुप्रसाद धिताल, ब्रह्माकुमारी पूजा पाण्डेलगायतले बोलेकाथिए । कार्यक्रम कालिका जेसीज वर्ष २०२४ अध्यक्ष सुमित्रा अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो ।
३३ जनाको सहभागिता रहेको कार्यक्रममा प्रमुखअतिथि खनालले असल अभिभावकत्व जेसीजको मात्र नभएर मुलुकको आवश्यकता भएको बताए । साथै, उनले कालिका जेसीजको अभियानलाई सबैले अवलम्बन गर्नुपर्ने बताए । उनले आजका युवाको भविष्य निर्माणमा यसको ठूलो भूमिका रहेको बताउँदै देशमा नेता भएर पनि असल अभिभावकत्व दिने राजनेता नभएर जनताले असल अभिभावकत्व देशमा पनि महसुस गर्न नपाएको उल्लेख गरे ।