• चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
बुधबार, भदौ १८, २०८२
☰
बुधबार, भदौ १८, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

गैँडाकोटमा रहेको लुम्बिनी ICT क्याम्पस परिसरमा ह्याकाथन महोत्सव, १६ कलेजका विद्यार्थीबीच प्रतिस्पर्धा

भदौ १८ गतेबाट विद्यालय बन्द गर्ने निजी विद्यालय सञ्चालकको घोषणा

चितवनमा ग्रेस इन्टरनेशनलको ‘एडुभर्स २०२५’

सकियो तीन दिने अङ्कुरम्–नमुना राष्ट्रसंघ कार्यक्रम

अर्किड स्कुलद्वारा अन्तर विद्यालय स्तरीय तीज गीत प्रतियोगिता सम्पन्न

फोर्ब्स कलेज भरतपुर चितवनले बिबिए कार्यक्रमका लागि एक करोड भन्दा बढिको छात्रबृति प्रदान गर्ने

अर्बिट स्कुलमा कक्षा ११ का विद्यार्थीलाई कक्षा १२ का विद्यार्थीले गरे स्वागत

पूर्वाग्रही सोचसहित ल्याउनलागिएको शिक्षा विधेयक अस्वीकार्य : प्याब्सन

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते भरतपुरमा हुने

लोकप्रिय समाचार

  • १. हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

  • २. हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

  • ३. आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

  • ४. हेर्नुस आज मिति २०८२ भदाै १७ गते मंगलवारको राशीफल

  • ५. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ६. चितवनबाट दिदीबहिनी बेपत्ता

  • ७. चितवनमा कार अनियन्त्रित भई रुखमा ठोक्किँदा एक जनाको मृत्यु

  • ८. मुग्लिन सडकमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

  • ९. आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

  • १०. गैँडाकोटमा रहेको लुम्बिनी ICT क्याम्पस परिसरमा ह्याकाथन महोत्सव, १६ कलेजका विद्यार्थीबीच प्रतिस्पर्धा

युरोप पुगेर प्रमुख दाहालद्वारा भरतपुर भ्रमण वर्षको निम्तो

चितवन, ८ चैत
पुरस्कार ग्रहण गर्न बेलायत पुग्नुभएका भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले युरोपका विभिन्न देशमा पुगेर भरतपुर भ्रमण वर्ष २०२४ को निम्तो दिनुभएको छ ।

उहाँले विभिन्न देशका कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलाई भेटेर निम्ता दिनुभएको हो । यससँगै त्यहाँका स्थानीय तहका अधिकारीलाई समेत उहाँले निम्ता दिनुभएको छ ।

प्रमुख दाहालले लण्डनस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराई, बेल्जियमका लागि नेपाली राजदूत गेहेन्द्रराज भण्डारी र स्पेनका लागि नेपाली राजदूत शर्मिला ढकाल पराजुलीसँग भेट गरी भ्रमण वर्ष सफल बनाउनका लागि आवश्यक सहजीकरण गरिदिन आग्रह गरेको बताउनुभयो ।

दाहाल ती देशका गैरआवासीय नेपाली सङ्घलगायतका सङ्घसंस्थाहरूका कार्यक्रममा सहभागी हुनुभएको छ । उहाँ युरोपमा रहँदा नेपाली सङ्घसंस्थाहरूले आयोजना गरेका विभिन्न कार्यक्रममा सहभागी हुनुभयो । ती कार्यक्रममा भरतपुर भ्रमण वर्षलाई सफल बनाउन आफूले आग्रह गरेको उहाँले जानकारी दिनुभयो ।

उहाँले युरोपियन पर्यटकलाई नेपाल आउने वातावरण सिर्जना गर्न र प्रचार–प्रसारमा सहयोग गर्न आग्रह गर्नुभयो । दाहालले ती देशका सिटी काउन्सिलका प्रतिनिधिसँग भेट गर्नुभएको छ । रोयल बरो अफ ग्रिन ह्वीच सिटीका उपप्रमुख जित रानाभाट र रुसमुर बरो काउन्सिलका काउन्सिलर धन सार्की तथा नेम थापासँग पनि भेट गरेर भ्रमण वर्षका बारेमा कुराकानी भएको दाहालले बताउनुभयो । सोही क्रममा उहाँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा गैरआवासीय नेपाली सङ्घ बेलायतले आयोजना गरेको कार्यक्रममा सहभागी हुनुभयो ।

यस्तै स्पेनमा गरिएको ‘राजनीति र कूटनीतिमा नेपाली महिला’ विषयक कार्यक्रममा उहाँ सहभागी हुनुभयो । सो कार्यक्रममा उपस्थित भएकाहरूलाई पनि भ्रमण वर्षको निम्तो दिइएको थियो । यस्तै नेपाली जनप्रगतिशील मञ्च युरोपको पाँचौँ महाधिवेशनको उद्घाटन र स्पेनको चौथो घोषणासभामा उहाँले भ्रमण वर्षको निम्तो दिनुभयो ।

प्रमुख दाहालले युरोपका विभिन्न देशमा भरतपुर भ्रमण वर्षको प्रचार–प्रसार गर्न र भरतपुरको महत्तवपूर्ण पर्यटकीयस्थलका बारेमा जानकारी गराउन आग्रह गर्नुभएको थियो । भरतपुर महानगरपालिकाले भ्रमण वर्षमा दुई लाख विदेशी र पाँच लाख नेपाली नागरिकलाई भरतपुर भित्र््याउने लक्ष्य लिएको छ ।

भरतपुर भ्रमण वर्षको उद्घाटन समारोह सम्पन्न गरेर दाहाल बेलायत जानुभएको थियो । देशकै मुख्य कार्यक्रमको झल्को दिनेगरी ऐतिहासिक उद्घाटन गर्न सफल दाहाल उत्कृष्ट ‘मेयर अवार्ड’ ग्रहण गर्न बेलायत जानुभएको हो ।

बेलायतको संसद् भवन हाउस अफ कमन्समा लण्डनका मेयर सादिक खान, मरिससका पहिलो महिला राष्ट्रपति अमिना गुरिब फकिम, बेलायतका उपप्रधानमन्त्री ओलिभर डाउडेन, प्रमुख विपक्षी दल लेबर पार्टीकी उपनेता एन्जेला रेनरलगायतका उच्च अधिकारीहरूबाट दाहालले अवार्ड लिनुभएको हो ।

नेपालका पालिकाहरूमा भौतिकसँगै अन्य विकासका सूचकमा अग्रणी रहेको भरतपुरले घोषणा गरेको भ्रमण वर्षको प्रचार अन्तर्राष्ट्रिय जगत्सम्म पुर्याउन आफ्नो भ्रमण सफल रहेको दाहालले बताउनुभयो । उहाँले भन्नुभयो, “युरोपका देशहरूमा त्यहाँका नागरिक र गैरआवासीय नेपालीहरूलाई प्रत्यक्षरूपमा निम्तो दिने अवसर प्राप्त भयो ।” निम्तो दिएर फर्किँदै गर्दा आफूमा थप ऊर्जा पैदा भएको उहाँले बताउनुभयो । विकास निर्माणमा आफू जुटेकै कारण अन्तर्राष्ट्रिय जगत्मा रहेका नेपालीहरूले समेत आफूलाई उच्च सम्मान दिएको उहाँले प्रतिक्रिया दिनुभयो । -राष्ट्रिय समाचार समिति (रासस)

Chitwan Aaja चितवन आज
बिहिबार, चैत ०८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
सिन्धुपाल्चोकमा मध्यरात भूकम्पको धक्का, एकै दिन तीन कम्पन्न
मुस्ताङमा आठ महिनामा एक लाख १६ हजार विदेशी पर्यटक भित्रिए

ताजा समाचार

सबै

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

सिन्धुपाल्चोकमा मध्यरात भूकम्पको धक्का, एकै दिन तीन कम्पन्न

मुस्ताङमा आठ महिनामा एक लाख १६ हजार विदेशी पर्यटक भित्रिए

सिरहामा आमा र छोरा मृत फेला

शुभ पेट्रोल्याण्डको सुरक्षा व्यवस्थापन अब डेल्टा फोर सेक्युरिटी एण्ड ट्रेनिङ सर्भिसको जिम्मामा

तीन करोडभन्दा बढी रकम र सुनसहित एक जना पक्राउ

निजामती कर्मचारीलाई सामाजिक सुरक्षा कोषसँग आबद्ध गर्ने निर्णय राष्ट्रिय सभामा उल्टियो

बाढीमा बगेर दुई युवकको मृत्यु

लुम्बिनी प्रदेशमा विपद्मा परी साउनमै ४३ ले ज्यान गुमाए

चितवनका शुलभ फूलखेतीबाट आत्मनिर्भर बन्दै

प्रधानमन्त्री ओलीविरुद्धको रिटको पूर्ण सुनुवाइ हुने

निजामती विधेयक विधायन समितिबाट पास

राति पनि होटल खोल्न पाउनुपर्ने तुलसीपुरका होटल व्यवसायीको माग

मनाङमा हुने उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता

कर्णाली राजमार्ग अवरुद्धः स्याउ बाटोमै कुहिने चिन्ता

आज पनि बढ्यो सुनको मूल्य, तोलामा २ लाख ६ हजार नजिक

हेर्नु भयो ?

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

अन्तर्राष्ट्रिय उद्यमी मेलामा भाग लिन अङ्कुरम् एकेडेमीको टोली फ्रान्स प्रस्थान

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

चितवनका युवा व्यवसायी लामिछानेको ‘भाइरल गोर्खे’ जेठ ३० मा

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

सुनको मूल्य फेरि घट्यो

विशेष

सबै
  • १.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • २.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ३.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ४.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ५.
    सुनको मूल्य फेरि घट्यो

  • ६.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ७.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ८.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • ९.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • १०.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • ११.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

  • १२.
    सडकमा दुध पोखेर आन्दोलनमा उत्रिए चितवनका किसान (फोटो/भिडियोसहित)

साताको चर्चित

  • १.
    हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

  • २.
    हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

  • ३.
    आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

  • ४.
    हेर्नुस आज मिति २०८२ भदाै १७ गते मंगलवारको राशीफल

  • ५.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ६.
    चितवनबाट दिदीबहिनी बेपत्ता

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.