चितवन, चैत ७
भरतपुरको शरदानगरमा रहेको शहिद स्मारक कलेजमा अध्यानरत १२ कक्षाका उत्कृष्ट विद्यार्थीलाई बेस्ट डेस्टिनेशन एजुकेशनले सम्मान स्वरुप छात्रवृत्ति प्रदान गरेको छ ।
आज सम्पन्न विभिन्न तहका विद्यार्थीहरुलाई बिदाई तथा पुरस्कार वितरण कार्यक्रममा कक्षा १२ को आन्तरिक परिक्षामा उत्कृष्ट हुन सफल भएका शिक्षा संकाय, मानविकी संकाय र व्यवस्थापन संकायका ३ जना विद्यार्थीहरुलाई बेस्ट डेस्टिनेशनले २ महिनाको छात्रवृत्ति प्रदान गरेको हो ।
पश्चिम चितवनको चनौलीमा रहेको शैक्षिक परामर्श दाता बेस्ट डेस्टिनेशनले उच्च शिक्षा अध्ययनका लागि जापान जान चाहन विद्यार्थीहरुलाई सेवा दिइरहेको छ ।