भरतपुर, २ जेठ-
भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता कायम गरेका छन् । पछिल्लो परिणामअनुसार एमाले उम्मेदवार सुवेदीले ३ हजार ६६७ मत प्राप्त गरेका छन् भने नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ३ हजार ६५३ मत प्राप्त गरेकी छिन् ।
त्यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १ हजार ४१३ मत प्राप्त गरेका छन् ।- न्युज कारखाना