चितवन, ३ चैत
चितवनको खैरहनी नगरपालिका-८ पुर्व पश्चिम राजमार्गको मगनिचोकस्थित होण्डासोरुम अगाडीको सडकमा डिप टेलरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
हाल नाम, थर वतन नखुलेको अन्दाजी ३०/३५ को तराई मुलकको जस्तो देखिने पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शुक्रबार बिहान बागमती प्रदेश ०३-००१ख २०४३ नम्बरको डिप टेलरले ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका ति पुरुषको भरतपुर सरकारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
ठक्कर दिएपछि फरार डिप टेलर र चालकलाई आज प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा हेटौंडा १९ बस्ने ३२ वर्षीय नारायण सुनाम रहेका छन् ।
डिप टेलरसहित चालकलाई राप्ती नगरपालिका वडा नं-१ लोथरबाट पक्राउ गरिएको हो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार