चितवन,जेठ १
चितवनको माडीमा धाँधली भएको भन्दै राप्रपाले विरोध जनाएको छ ।
वडा नम्वर २ को मत गणनामा धाँधली भएको भन्दै राप्रपाले विरोध जनाएको हो । ८२ मत अन्तरले विजयी भएको भन्दै माओवादी केन्द्रले विजयी जुलुस निकाल्ने तयारी गरिरहेका बेला राप्रपाले पुनः मतगणना हुनुपर्नै माग राख्दै विरोध गरेको छ ।
राप्रपाका वडाअध्यक्षका उम्मेदवार विजय कुमार गुरुङले मतपेटिका शिलबन्दी नगरिएको भेटिएको र आफूहरुले मतदान गरेको मत नम्वरहरु समेत गायव पारिएको दाबी गरे ।
उनले पुनः मत गणना नभएसम्म आफुहरुले परिणाम स्वीकार नगर्ने बताएका छन् ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार