हेटौँडा, २९ फागुन
हेटौँडाबाट ८४ किलो गाँजासहित पक्राउ परेका १९ वर्षीय साबिर अंसारीमाथि अनुसन्धान गर्न मकवानपुर जिल्ला अदालतले १० दिनको म्याद थप गरेको छ ।
मंगलबार बिहान हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१९ स्थित पूर्वपश्चिम राजमार्ग अन्तर्गतको सडक खण्डबाट ८४ किलो १२० ग्राम लागुऔषध गाँजासहित प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले रोकी राखेको बीआर ०१ बीएफ ५५८१ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारको पछाडि डिक्की र सिटको भागमा फल्स बटम बनाई लुकाई राखेको उक्त परिमाणको गाँजा सहित फेला पारी पक्राउ गरिएको हो ।
उक्त लागुऔषध, कारसहित अन्सारीलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।