२९ फागुन, चितवन
बिगत १५ वर्ष देखि निरन्तररुपमा उच्च शिक्षा अध्ययनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको शहीदचोक, नारायणगढ स्थित मेट्स इन्टरनेशनल एजुकेशन एण्ड भिसा सर्भिसेजले भब्यताका साथ शैक्षिक मेला सम्पन्न गरेको छ ।
फाल्गुण २७ गते आइतबार मार्च १० तारिखका दिन मेट्स चितवन, नारायणगढ शाखामा आयोजित कार्यक्रममा ३१५ जना बिद्यार्थीहरुको सहभागिता रहेको थियो । युएसए,क्यानडा, युके, आयरल्याण्ड, अष्ट्रेलियाका बिभिन्न युनिभर्सिटी/ कलेजका २० भन्दा बढी प्रतिनिधिहरु र बैंकका प्रतिनिधिहरु सङ्ग बिद्यार्थी तथा अभिभावकले आफूलाई लागेको जिज्ञासा मेटाएका थिए ।
वार्षिक शुल्क, छात्रबृत्ति, संकाय, सम्बन्धित देशका भीषा पालिसी तथा शैशिक कर्जा लगायतका बिषयहरुमा बिद्यार्थीहरुले प्रश्न गरेका थिए । के कस्ता डकुमेंट्स तयार गर्नु पर्ने, शैक्षिक कर्जाका लागि आबश्यक पर्ने बिषय बस्तुका बारेमा बिद्यार्थीहरुले सो कार्यक्रममा शैक्षिक परामर्श दाता र बैंकका क्रेडिट अफिसरहरु सङ्ग परामर्श गरेका थिए ।
बिहान ११ बजे देखि अपरान्ह ५ बजे सम्म जारी सो शैक्षिक मेलामा अधिकांश जसो बिद्यार्थीहरुले युएसए, यूके, आयरल्याण्डमा उच्च शिक्षा अध्ययन गर्न जाने चाहना भएको बताए । बिद्यार्थीहरु सङ्ग सङ्गै अभिभावकहरुको बाक्लो उपस्थिति रहेको सो कार्यक्रम चितवन मै अहिले सम्मको बृहत एवम उपलब्धिमूलक रहेको थियो ।
उच्च शिक्षाको लागि चितवनको अग्रणी शैक्षिक परामर्श केन्द्र मेट्स इन्टरनेशनल एजुकेशन एण्ड भिसा सर्भिसेजले यस अघि अष्ट्रेलिया-क्यानडा डे, एड्मिसन डे कार्यक्रमको आयोजना गरेको थियो ।